अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

धरान इन्टरनेशनल कलेजको मेगा फुड फेस्टिवल

बिआरटीनेपाल २०७४ असार २३ गते ६:१४ मा प्रकाशित

युवाहरूलाई देशमै रोजगार बनाउन र देश तथा विदेशमा जाने नेपालीहरूलाई दक्ष बनाउने उद्देश्य सहित धरानमा स्थापना भएको होटेल म्यानेजमेन्ट र हस्पिटालिटी सम्बन्धी पढाई हुने कलेज धरान इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टले कलेज सुरु गरेको पहिलो वर्षलाई मेगा फुड फेस्टिभलको रूपमा भब्यरुपमा सम्पन्न गरेको छ । कलेजमा अध्ययन सकेर इन्टर्न गरिरहेका तथा विदेशका विभिन्न फाइभ स्टार होटलहरुमा जाने विद्यार्थीहरूले बनाएको विभिन्न परिकारहरु सोमबार धरानस्थित सैनिक भवनको प्रागनमा आगन्तुक ५०० भन्दा बढी पाहुनाहरुलाई चखाएका थिए । 

कार्यक्रममा मनोरंजनका लागि धरानको द आउटसाइडर्सले आफ्नो चर्चित गीतहरू माइली, चुरोट-खैनी, आउँछु म भनेर लगायात गीतहरू प्रस्तुत गरेका थिए भने चर्चित गायिका तृष्णा गुरुङले खानी यो यह्मु, गाइने दाजै, सोचेको कुरा, खुसी हुन्छु, गुरान्सै फुल्यो लगायतका आफ्ना चर्चित गीतहरू गएर दर्शकहरुको वाहवाही पाएकी थिइन । 

मेगा फुड फेस्टिवल को अर्को आकर्षण समर कलेक्सन र गाउन तथा कोट सिक्वेन्समा १६ जना मेल तथा फिमेल स्थानीय मोडलहरुले र्याम्प नापेको दृश्यहरू पनि कम रोमान्चक थिएन । इक्सा मादेनले सञ्चालन गरेको ४ घण्टा लामो कार्यक्रम बिचमा पानीले केहीबेर अवरोध गरे पनि कार्यक्रम निक्कै भब्यरुपमा सम्पन्न भएको थियो । कलेजले आफ्ना विद्यार्थीहरूको क्षमता र दक्षतालाई अभिभावक र सामाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई देखाउन आयोजना गरेको मेघा फुड फेस्टिवलको सफलताले गर्दा भविष्यमा पनि आफ्नो कलेजको विद्यार्थीहरूको लागि भएपानी यस्ता कार्यकर्महरु आयोजना गरिरहने कलेजका सीइओ लोकेन्द्र श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू