अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

अमिताभ बच्चन, सलमान खान लगायत संग काम गरेका भोजपुरी सेलिब्रेटी सुटिङका लागि नेपालमा  

बिआरटीनेपाल २०७४ असार १९ गते २१:२४ मा प्रकाशित

 

नेपालमा द्धन्द निर्देशकको रुपमा स्थापित चन्द्र पन्त आफ्नो निर्देशन यात्रा भोजपुरी फिल्मबाट आरम्भ गरेका छन् । ३ करोड भारतिय रुपैयामा निर्माण हुने चलचित्र निरहुवा चलल लण्डनको एक गितको यतिबेला नेपालका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । जोमसोम , कागबेनी तथा पोखरा एयरपोर्टमा ७ दिन लगाएर एक गितको छायांकन गरिएको छ ।

एउटा गितको मात्र छायांकनको लागि २० लाख खर्च भएको निर्देशक चन्द्र पन्तले जानकारी दिए । जव कि अहिले बनिरहेका भोजपुरी गितहरु २ लाख निर्माण हुने गरेको उनको भनाइ छ । हामि संगको कुराकानिमा निर्देशक पन्तले यो चलचित्रले भोजपुरी फिल्मको इतिहासलाइ नै परिवर्तन गर्ने बताउछन् ।

४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने यो चलचित्र मा भोजपुरि फिल्मका सुपरस्टार दिनेश लाल यादव तथा हिट नायीका आम्रपालि दुवे ले अभिनय गरीरहेका छन् । नायक दिनेश लाल यादव यस्ता नायक हुन् जसले अमिताभ बच्चन देखि सलमान खान संगै काम गरेका छन् ।

 

प्रतिक्रिया