अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

नेपाल आईडलका ‘टप–१२’ प्रतियोगीले आईआईएफटीले तयार गरेका पहिरन मात्र लगाउनु पर्ने

बिआरटीनेपाल २०७४ असार १८ गते १२:५३ मा प्रकाशित

काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आईडल’को टप–१२ मा पर्न सफल प्रतियोगीहरु आइतबार बागबजारस्थित इन्टरनेशनल इस्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’को कार्यालयमा भेटिए । टेलिभिजनको पर्दा मार्फत आफ्नो प्रतिभा प्रस्तुत गदै आएका ती गायन प्रतियोगीहरुलाई आईआईएफटीको कार्यालयमा आईआईएफटी तथा फ्लाईटेकमा एयरहोस्टेज प्रशिक्षणरत विद्यार्थीहरुले स्वागत गरेका थिए । तर, गायन प्रतियोगीहरुले त्यहाँ गाएनन्, जहाँ आफूलाई सुहाउँदो परिहनको मेजरमेन्ट लिए । हो, नेपाल आईडलमा टप–१२ छनोट भएका छन् । आफ्ना प्रतिस्पर्धीहरुलाई उछिन्दै यहाँसम्म पुगेका प्रतियोगीहरु आईआईएफटी भ्रमण गर्नुको दुई उद्देश्य थियो । 

हालैमात्र सञ्चालनमा आएको यो फेसन कलेज नेपाल आईडलको टप–१२ यता कस्ट्युम पार्टनर बनेको छ । त्यसैले प्रतियोगीहरुलाई कलेजको अवलोकन गराइएको हो । यससँगै प्रतियोगीका लागि पहिरन डिजाइनको मेजरमेन्ट लिइएको हो । जसका कारण उनीहरु आईआईएफटी कार्यालय पुगेका हुन् । फेसन कलेजका निर्देशक नाजिर हुसेनका अनुसार अबका इपिसोडमा नेपाल आइडलका प्रतियोगीहरु आईआईएफटीले तयार गरेको पहिरनमा देखिनेछन् ।

प्रतियोगिताको अन्तिम फाइलन इपिसोड नजिकिँदै जाँदा दर्शकमा एक किसिमको कौतुहलता छाउन थालेको छ । त्यसैले पनि कार्यक्रमको अन्त्यतिर आइपुग्दा आईआईएफटी कस्ट्युम पार्टनर बनेको निर्देशक नाजिरले बताए । उनले भने, ‘सुरुमै कस्ट्युम पार्टनर बन्नलाई सम्भव पनि थिए । तर, टप टेनपछि सम्भव भएर पार्टनर बनेका हौं ।’ एपी वन टेलिभिजन आयोजक रहेको ‘नेपाल आइडल’ को यो पहिलो सिजन हो ।

त्यस्तै, आईआईएफटीमा हाल ६२ जना फेसन डिजाइनिङ पढिरहेका छन् । आईआईएफटीको पनि यो पहिलो सिजन हो ।

प्रतिक्रिया