अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

मैले कसैलाई पनि प्रतिस्पर्धीको रुपमा हेरेको छैन – मोडल लिला गिरी

बिआरटीनेपाल २०७४ असार १८ गते ५:२५ मा प्रकाशित

जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत ग¥यो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् मोडल लिला गिरी । पश्चिमको सुर्खेतमा जन्मेकी लिलाको सानैदेखी कलाकारितामा आउने रहर थियो तर उनको सपनाको अवरोध आफ्नै परिवार थियो । नाच्ने गाउने कुरालाई उनको परिवारले राम्रो नमान्ने भएको कारण स्कुल पढ्दा उनले रहर भएर पनि आफ्नो प्रतिभा देखाउन पाइनन् । तर गाउँघरमा हुने देउसी भैलीमा भागेर भने पनि उनी सहभागी हुन्थिन् ।

सय भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी लिला गिरी आज सफलताको उकाली चढ्दै छिन् । यो सफलताको उकाली चढ्दै गर्दा उनको यात्रा पीडाले भरिएको छ । सुन्दा आँखा रसाउँछन् तर उनको त्याग र सर्मपणलाई मान्नै पर्छ । टेलिभिजनको पर्दामा अरुले अभिनय गर्दा आफु पनि त्यस्तै भन्ने सपना सजाएकी लिला एसएलसी दिए पछि कलाकार भन्ने सपनाको झोला बोकेर घर छोडिन् । परिवारबाट कहिले टाढा नभएकी उनी बुबाआमाको अनुमति बिना काठमाडौं हिडिन् । आँखामा आँशु, मनमा पीडा अनि त्यसबीचमा बुनेका सुन्दर सपना पुरा गर्ने संकल्पले उनलाई काठमाडौंको यात्रा तय गरायो । उनी यो शहरमा एक्लो यात्री भनेर संघर्षको मैदानमा होमिइन् । जब उनी काठमाडौं आइन परिवार उनीबाट टाढा भए उनको न फोन उठाए नत फोन नै गरे ।

नेपालीमा एउटा उख्खान छ नी ‘त आँट दैवले पु¥याउँछ’ हो उनको जीवनमा पनि त्यहि भयो । कलाकार बन्ने सपना पुरा हुँदै गए । एकपछि अर्को भिडियो सार्वजनिक हुन थाले विस्तारै उनको यात्राले गति लिन थाल्यो । सपना त पुरा हुँदै गए तर उनको मनमा पीडा र घरपरिवारको विछोडको चोटमा हर समय आशुँमा विताएको सुनाउँछिन् । करिब छ महिना पछि ममिको नम्बरबाट फोन आएपछि फोन उठाइन उताबाट ममि रुन थालेपछि उनले किन रोएको भन्दा तिम्रो याद आयो भन्दा उनी पनि रोएको घटना स्मरण गर्छिन् । जीवनको त्यो छ महिना उनका लागि सबै भन्दा बढि पीडाको समय भएको बताइन् । 

पहिलो म्युजिक भिडियो टेलिभिजनामा हेर्दा उनको खुशीको सिमा नभएको सुनाइन् । उनलाई नै विश्वास नलागेको हामीसंगको कुराकानीमा रहस्य खोलेकी हुन । एक पछि अर्को सफलताको मार्गमा हिडेकी लिला गिरी छोटो समयमा नै चर्चा र लोकप्रियताको शिखर चुम्न सफल भएकी छिन् । भावुक गीतहरुमा बढि अभिनय गरेकी छिन् । लोक दोहोरी तथा आधुनिक गीतहरुमा अभिनय गरेकी लिला यहि क्षेत्रमा केहि गर्ने प्रण लिएकी छिन् । उनी पहिलो चोटी अभिनय गर्न नजान्दा निर्देशकबाट गाली खाएर रोएको घटना स्मरण गर्छिन् । अहिले उनले अभिनय र नृत्य सिकेकी छिन् ।

राम्रो व्यानरबाट चलचित्रको अफर आए मात्र गर्ने नत्र म्युजिक भिडियो नै गर्ने उनको सोच छ । आजसम्म दर्शकबाट पाएको माया र सद्भावले उनलाई अगाडि बढ्न हौसला मिलेको बताइन् । आजसम्म कुनै पनि दर्शकबाट नराम्रो कमेन्ट नआएको र सबैले अगाडि बढ्न प्रेरणा दिएको सुनाउँछिन् । प्रेममा नभएको बताउने लिला कलाकारिता क्षेत्रमा राम्रो काम गर्ने अठोट छ । हिजो एक्लै सघर्ष गर्न पछि नपरेकी उनलाई अहिले परिवारको पूर्ण साथ र सहयोग रहेको छ । उनको प्रण र मेहनतबाट परिवार पनि प्रभावित भएका छन् । राम्रो कर्म गर्न सके फल पनि राम्रै पाइन्छ भन्ने कुरा लिलाबाट थाहा हुन्छ । उनले जीवनलाई संघर्षको रुपमा बुझेकी छिन् ।

नायक जीवन लुईटेलसंग उनलाई अभिनय गर्ने रहर भएको बताइन् । सानैदेखीको सपना आज पुरा हुँदा उनी खुशी छिन् भने आज उनलाई उनको परिवारले पनि बुझेर सहयोग गरेका छन् । समकालिन मोडलहरुको भिडमा आफ्नै पहिचान बनाइसकेकी लिला सबैले आफ्नो काम गर्ने हो कसैलाई पनि प्रतिस्पर्धीको रुपमा नहरेको बताइन् । उनलाई अभिनय गरेका सबै गीतलाई दर्शकले मन पराएका छन् ।

 

प्रतिक्रिया