अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

कलाकारहरुले दही चिउरा खाँदै सम्मान

बिआरटीनेपाल २०७४ असार १५ गते ९:२९ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका उपाध्यक्ष एवं वरिष्ठ हांस्य कलाकार किरण केसीले आफ्नो जन्म दिनको शुभ अवसर पारेर राजधानीमा एउटा भव्य कलाकार जमघट र सम्मान समारोह आयोजना गरेका छन् । चर्चित हांस्य कलाकार मनोज गजुरेलको उदघोशणमा सुरु भएको उक्त विशेष कार्यक्रमको प्रमुख अतिथि हांस्य विधाका जीवित इतिहास प्राध्यापक राम कुमार पांडे थिए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वाशिङ्गटन डिसी अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाललाई वहाँले तीन दशक देखि लोक संस्कृति, साहित्य र पत्रकारितामा दिनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । खनाललाई वरिष्ठ कालाकारहरु दिपा श्री निरौला, किरण केसी र नेपाली सेनाका रथी डा. नरेन्द्र केसीले सयुंक्त रूपमा सम्मान गरेका थिए । 

यसै गरी पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ कलाकार लय संग्रौला, रमेश केसी (मट्टारे) र राज केसीलाई पनि वहांहरुले आ-आफ्नो क्षेत्रमा पुर्‍याउनु भएको योगदानका लागि सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरूको बारेमा प्रकाश पार्दै, स्वागत भाषण गर्दै आयोजक केसीले कार्यक्रम भव्य रूपमा सफल पार्न सहयोग गर्ने सबै कलाकार, पत्रकार र सम्मानित व्यक्तित्वहरुलाई धन्यवाद/आभार प्रकट गरेका थिए । 

कार्यक्रममा करिब दुइसय भन्दा बढी विभिन्न विधाका कलाकारहरू, चलचित्रकर्मीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो भने असार १५ को दही चिउरा खाँदै र जन्मदिनका अवसरमा किरण केसीलाई बधाई दिँदै सहभोज गर्दाको क्षण अविस्मरणीय थियो । 

 

प्रतिक्रिया