अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ कोइरालालाई

बिआरटीनेपाल २०७४ असार १५ गते ७:०२ मा प्रकाशित

काठमाडौँ, १५ असार । जननेता मदन भण्डारीको सम्मानमा नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार कमल कोइरालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा वरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनोट समितिको सिफारिसमा निर्णय गरिएको प्रचार विभागका सचिव विष्णु रिजालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशि रु ५० हजार छ ।

विगत पाँच दशकदेखि लेखन र सम्पादनमा संलग्न कोइरालाले ‘दृष्टि’, ‘जनआस्था’, ‘रोडम्याप’लगायतका साप्ताहिक पत्रिकामा संलग्न हुनाका साथै विभिन्न पत्रिकामा स्तम्भकार हुनुहुन्छ ।

गतवर्ष यो पुरस्कार वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू