अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

गायक/सङ्गीतकार सुरेन्द्र श्रेष्ठको एकल साँझ हुने

बिआरटीनेपाल २०७४ असार १४ गते ९:३६ मा प्रकाशित

काठमाडौं, लोकप्रिय गायक/सङ्गीतकार सुरेन्द्र श्रेष्ठ अब एकल साँझ मार्फत श्रोतामाझ प्रस्तुत हुने भएका छन् । असार २४ गते ठमेलको थर्ड आई थियटरमा आफ्ना तथा पुराना चर्चित गायकका गीतहरू श्रेष्ठले प्रस्तुत गर्ने छन् । दुई दशक भन्दा लामो समयदेखि सङ्गीत क्षेत्रमा क्रियाशील श्रेष्ठका स्वरमा तीन दर्जन भन्दा गीतहरू श्रोता माझ आएका छन् भने १५० भन्दा बढी गीतमा कर्णप्रिय सङ्गीत भरिसकेका छन् ।

गायक तथा सङ्गीतकार श्रेष्ठको यो पहिलो एकल साँझ हो । उनी गायक, गीतकार, सङ्गीतकार तथा एरेन्जर पनि हुन ।

प्रतिक्रिया