अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

“टुक्रिएको मुटु” लिएर आए गायक आर्यन खत्री

बिआरटीनेपाल २०७४ असार १३ गते २३:२२ मा प्रकाशित

भनिन्छ नि इच्छा चाहना गरे समयले पनि साथ दिदो रहेछ । त्यसो त हामी प्रविधिको पहुच बाट झनै नजिक छौँ जसले हाम्रा इच्छा चाहनालाई सजिलै परिपुर्ति गर्दिएको छ । रोजगारी को सिलसिलामा आफ्नो देश बाहिरै रहेर पनि मनका इच्छा चाहाना र रहरहरुलाई पुरा गर्दै हाम्रै पूर्वी जिल्ला सिन्धुलीमा जन्मिनु भएकाे गायक सङ्गीतकार तथा गीतकार आर्यन खत्रीजिले आफ्नै आवजमा पहिलो आधुनिक गीत “टुक्रिएको मुटु ” सर्बजनिक गराउन सफल हुनुभएको छ। हाल कुवेतमा कार्यरत खत्रीले गत साता याे गीत सार्वजनिक गरिएको हो गीतकार आर्य राईकाे उत्कृष्ट रचना तथा वरिष्ठ सङ्गीतकार आर्यन खत्रीको सङीतमा रहेकाे याे गीत अहिले बजारमा चर्चामै रहेकाे छ र संतोषजनक प्रतिक्रियाहरू आई रहेका छन् ।

सिन्धुली जिल्ला बुबा चित्र बहादुर खत्री र आमा लिला माया खत्रीकाे काेखबाट जन्मिनु भएकाे गायक,सङीतकार तथा गीतकार अर्यन खत्री हाल रोजगारीको सिलसिलामा कुवेतमा हुनुहुन्छ। काठमाडौँको बसुन्धरामा बसोबास गर्दै आउनु भएको खत्री २०१० देखि सङ्गीत क्षेत्रमा प्रवेश तथा याेगदान दिँदै आउने भएकाे छ।हालै आधुनिक गीत “टुक्रिएको मुटु ” र “मैले भन्दा धेरै माया-२” गीत बजारमा सार्वजनिक भईसकेका छन् भने केही समय पछि अर्को गीत पनि छिटै ल्याउने खत्रीले हाम्रो साेसियल कुरा गर्दै भन्नू भयो।

प्रेम भावमा आधारित रहेको यस गीतमा शब्द आर्यन खत्रीको रहेको छ । गीतलाई आर्यन खत्रीले] नै आफ्नो स्वरमा सजाएका छन् । गीतमा प्रयोग गरिएका शब्द सङ्गीतले निकै प्रभाव पार्ने देखिन्छ । सार्वजनिक भएको छोटो समयमा नै उनको यस गीतले राम्रै चर्चा कमाइरहेको छ । गीतले चर्चा कमाउनुको अर्को कारण हो गीतको भिडियो । हो गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । निर्देशन तथा छायाङ्कन चन्द्र स्यङतनको रहेको छ , गीतको रेकोर्ड , भिडियो तथा व्यवस्थापन अडियो नेपालको बुद्ध सयमिले गरेका छन् ।

 

प्रतिक्रिया