अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

बाँकेमा पूर्व प्रधानमन्त्री प्रचण्डलाई २५ किलोको मालाले स्वागत

बिआरटीनेपाल २०७४ असार ८ गते ८:२६ मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई बाँकेमा २५ किलोको फुलको माला लगाएर स्वागत गरिएको छ । पार्टीका चुनावी कार्यक्रममा सहभागी हुने क्रममा बाँकेको नेपालगञ्ज पुगेका पूर्वप्रधानमन्त्री दाहाललाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले २५ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

दाहालले बाँकेको बैजनाथ गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गरे । सभामा अध्क्ष दाहालले माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत मागे । दाहालले उद्याेगिमार्फत समेत भाेट माग्न लगाए ।

यस्तै दाहाल बाँकेको खजुरा र कोहलपुर समेत पुगे । दोस्रो चरणको स्थानीय तह निर्वाचको प्रचार प्रसारका लागि समय छोटो भएपछि दलहरुले शीर्ष नेताहरुलाई नै जिल्ला जिल्लामा खटाउने रणनीति लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू