अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

मोरङका सांसद राई मार्फत ३० करोड बढीका आयोजना

बिआरटीनेपाल २०७४ असार ८ गते ५:३८ मा प्रकाशित

मोरङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईको पहलमा ३ आर्थिक वर्षको अवधिमा क्षेत्रभरीमा ठूला र साना गरी ३० करोड बढी रुपैयाँका आयोजनाहरु आएका छन् । सांसद राईको पहलमा हालको पथरीशनिश्चरे नगरपालिका, साविकको अमरदह र बयरबन गाविसमा पर्ने २ नम्बर क्षेत्रका लागि २३ करोड ४४ लाखका ठूला आयोजना आएको उल्लेख छ ।

सांसद राईको नीजि सचिवालयद्धारा प्रकाशित पुस्तिकामा आर्थिक वर्ष ०७१-७२ देखि ०७३-७४ सम्म आफ्नो पहलमा आएका योजनाहरु उल्लेख गरिएको छ ।

बयरबनमा पर्ने साढे ६ किलोमिटर लम्बाईको रमाईलो–हरकपुर सडक कालोपत्रेका लागि सांसद विकास कोषबाट ६ करोड ५० लाख, पथरीशनिश्चरेबाट सुरु भएको गान्धि मनमोहन मार्गको ५ किलोमिटर कालोपत्रेका लागि ४ करोड ७५ लाख रकम विनियोजनमा पहल भएको पुस्तिकामा उल्लेख छ ।

त्यस्तै, अमरदहको गान्धि आश्रम क्षेत्रको जनता माविको पक्की भवन, कम्पाउण्ड वाल निर्माणमा भारतीय राजदुतावासको ३ करोड ३३ लाख अनुदान सहयोग जुटाइएको कुरा लेखिएको छ । वक्राहा नदी नियन्त्रणमा २ करोड ६० लाख, पथरीशनिश्चरे २ मा निर्वाचन क्षेत्रस्तरीय १५ शैयाको सरकारी अस्पताल निर्माणका लागि २ करोड रकम उपलब्ध भएको छ ।

२१ वटा ठूला आयोजनालाई क्षेत्रीयस्तरका आयोजनाको नाम दिई त्यसबापत २३ करोड ४४ लाख रुपैयाँको पहल भएको जनाइएको छ ।
त्यस्तै, पथरीशनिश्चरेका १० वडामा वडागत रुपमा विनियोजन भएको तथा साविक अमरदह र बयरबन गाविसमा समेतको विकास निर्माणका योजना पुस्तिकामा उल्लेख गरिएको छ ।

ती क्षेत्रमा सांसद विकास कोष, विभिन्न मन्त्रालय, विभाग सहितबाट पहल गरी ६ करोड ९३ लाख रकम आफ्नो पहलमा विनियोजन भएको नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद राईले उल्लेख गर्नुभयो । ०७३ पुसमा सो पुस्तिका प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू