अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने: विद्रोहको नेपाली नाम

बिआरटीनेपाल २०७४ असार ७ गते ८:१७ मा प्रकाशित

काठमाडौँ – थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने: विद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक गरिएको छ ।

विष्टको १८ औँ स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधवार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा दुई प्रकारका पोष्टर ल्याइएको छ । ती मध्य एकमा रुपचन्द्रको भूमिका निर्वाह गरेका अभिनेता दिब्यदेब अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन् । अर्काे पनि अभिनयानको विभिन्न झल्को दिने खालको सिम्बोलिक रहेको छ ।

रुपचन्द्रको सिङगो जीवन र थाहादर्शनका महत्त्वपूर्ण पाटाहरु समेटेर चलचित्र निर्माण भएको हो । अमित किशोर सुवेदी र विकाश ढकालको संयुक्त लेखन निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहायात्रासँगको सहकार्यमा निर्माण गरेको हो । यसका निमार्ता जागृत रायमाझी हुन् । चलचित्रमा रुपचन्द्र विष्टको भूमिका अभिनेता दिब्यदेबले निर्वाह गरेका छन् नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका सय भन्दा बढी कलाकारको समेत चलचित्रमा अभिनय समेटिएको छ ।

वलिउडका छायाँकार शान्ता राओको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको सङ्गीत रहेको चलचित्रको कथा निर्देशकद्धयले नै तयार पारेका हुन् । विष्टको विभिन्न पाटाको चारबर्ष अनुसन्धान पछि चलचित्रको कथा तयार पारिएको हो ।

वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याइने चलचित्रबाट २००० देखि २०५६ भित्रको देश बुझ्न जो कोहीलाई पनि सजिलो हुने निर्माण पक्षको दाबी छ ।
– रुपचन्द्रको आफू चेला भएको हिसाबले उनको जीवनसँग पनि जोडिएकोले ‘रुदाने ः विद्रोहको नेपाली नाम’ निर्माण गरेको निमार्ता जागृत रायमाझीले बताए ।
– पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्तीको रूपमा रहेका रुपचन्दको जीवन र थाहादर्शन सम्बन्धित अनेकौँ पाटा बाहिर ल्याउने उदेश्यले चलचित्र निर्माण गरिएको निर्देशक मध्यका एक अमित किशोरले बताए ।
– सधैँ सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने हिसाबले चलचित्र निर्माण गरिएको अर्काे निर्देशक विकाशले बताए ।

प्रतिक्रिया