अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९
| Colorodo: 12:44
रुकुम जिल्लाको भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको वडा नं.७ मा वडा अध्यक्ष बाहेक ४ जना सदस्यहरु र वडा नं.६ का दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
वडा नं.७ का महिला सदस्य मनकुमारी बुढा, दलित महिला सदस्य रामकुमारी सुनार, वडा सदस्यहरु धनिमान बुढा र रुपधन कामी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, वडा नं.६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजमो र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।
९ वटा वडा रहेको भुमे गाउँपालिकामा माओवादी केन्द्रले ४७ जना, कांग्रेसले ३६ जना र एमालेको २७ जनाले उम्मेदवारी दिएका छन् ।