अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

समिरा श्रेष्ठ भईन नेपाल्स चबी मोडलको विजेता

बिआरटीनेपाल २०७४ असार १ गते १०:५१ मा प्रकाशित

काठमाडौँ : नेपालमानै पहिलो पटक सिद्धि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको विजेता बनेकी छिन समिरा श्रेष्ठ l बुधवार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगितामा करिब एक महिना लामो प्रशिक्षणपछि अन्य १५ जना प्रतियोगीहरुलाई पछि पार्दै समिरा श्रेष्ठले उक्त ताज जित्न सफल भएकी हुन भने फर्स्ट रनरअप मिनु तामाङ र सेकेण्ड रनरअपमा कृति बर्तौलाले उपाधि हात पार्न सफल भएका छन् l त्यसै गरी अन्य विधा तर्फ बेस्ट वाल्क र मिस फोटोजेनिक समिरा श्रेष्ठ, मस्ट ईन्स्पाईरिङ्ग मिनु तामाङ, बेस्ट एक्सप्रेसन सुनिता नेपाल, बेस्ट स्किन प्रेरणा श्रेष्ठ, मिस ड्यासिङ्ग रितु कपाली, बेस्ट हेयर सीमा बोम्जन, बेस्ट स्माईल मेनका जोशी, मस्ट फ्रेन्डली निकिशा दंगाल, मिस बब्लि र मिस मल्टिमिडिया च्वाइस कृति बर्तौला, मस्ट ट्यालेन्ट सगुन गुरुङ, मस्ट पंगचुअल र मिस कन्फ़िडेण्ट सपना राई, मस्ट स्ट्यालिस क्यारिना शाक्य, बेस्ट डिसिप्लिन नाबिता गुरुङ, मिस पपुलर र मस्ट ओबिडेण्ट सामन्ता गौतम, मस्ट सिन्सियर सिवानी खरेल र मस्ट चार्मिंगमा सबु महर्जनले उपाधि हात पार्न सफल भएका छन् l

पृथक् तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफूलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरूको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१७ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको र उक्त कार्यक्रम सभ्य तथा भव्य तबरले सम्पन्न गरिएको जानकारी सिद्धि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन् l

उक्त प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी तथा कलाकार सूर्य चन्द, चर्चित कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा, मोडल आश्मा गिरि तथा निर्माता सुमन काजि विष्ट रहेका थिए l पूर्व मन्त्री जयन्त बहादुर चन्दको प्रमुख आतिथ्यमा सम्म उक्त सौन्दर्य प्रतियोगितामा पूर्व प्रहरी महनिरिक्षक मोतिलाल बोहोरा विशेष अतिथि रहेका थिए l त्यसै गरी युवा व्यवसायी तथा समाजसेवी गीता अच्छामी, फेसन डिजाइनर काजल थापा, हास्य कलाकार महादेव त्रिपाठी, गायक रमेश श्रेष्ठ मेलोडी, महेश चौधरी, राजु शाही, मिस्टर नेपाल गणेश अग्रवाल लगायतका महानुभाबहरु अतिथिमा रहेका थिए l

उक्त सौन्दर्य प्रतियोगितामा क्षमता भएर पनि सधैँ पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलाहरूलाई उनीहरूको क्षमतालाई अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको र यस सौन्दर्य प्रतियोगिताले गर्दा समाज परिवर्तनमा सकारात्मक संदेश पुग्ने कुरा सिद्धि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताए l उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर नेपाल्स स्टार मोडलका विजेता द्वय आशिष् कुमार मिश्र र अप्सरा थापाले गरेका थिए l

प्रतिक्रिया