अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

कवियत्री शान्ता अधिकारीको लोकदोहोरी गीत ‘के छ खबर यू. यस. तिरको’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ जेठ ३१ गते ४:३१ मा प्रकाशित
नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगी र सरिता डाँगीको आवाजमा गीतकार कवियत्री शान्ता अधिकारी घिमिरेको मर्मस्पर्सी लोकदोहोरी गीत ‘ के छ खबर यू. यस. तिरको’ बजारमा आएको छ ।
 
बिमल डाँगीको उत्कृष्ट लय र कवियत्री शान्ता अधिकारी घिमिरेको मार्मिक शब्द सृजनामा बजारमा आएको गीतलाई विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ। 
 
चर्चित मोडल सारिका केसी र गौतम महेन्द्रको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् । कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन सुजन साहीले गरेका हुन् ।
प्रतिक्रिया