अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

कलाकार सुनिल कटुवाल बने कोमल ओलीका प्यारे (भिडियो सहित)

बिआरटीनेपाल २०७४ जेठ ३० गते ७:३१ मा प्रकाशित

गायीका कोमल ओलीले आफ्नो प्यारेको रुपमा कलाकार सुनिल कटुवाललाई रोजेकी छन् । हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी कोमल ओलीले यो बर्षको तिज गीतमा आफ्नो जोडीको रुपमा कलाकार सुनिललाई रोजेकी हुन् ।

गत बर्षको तिजमा मैले पोई चाहियो भनेर गीत आउने लास्टै चोटी हो बोलको गीत आएपछि धेरैले अनुमान पनि गरेका थिए कतै कोमल ओलीले बिबाह गर्ने सुर त गरिनन् । तर यो कुरालाई जवाफ यो बर्षको तिज गीतमा उनले दिएकी छन् । उनले आफुले सोचेको जस्तै मनको राजा भेट्टाएकोले खुसी रहेको भाव गीतमा ब्यक्त गरेकी छन् ।

एक नारायण भण्डारीको शब्द संगीतमा तयार भएको म त नाच्दीन क्यारे मेरो प्यारे मायाले नहेरे बोलको यो गीतमा कोमल ओलीसंगै उनकी बहिनी प्रज्ञा सरदको आवाज रहेको छ ।


सानेपा स्थित हेरिटेज गार्डेनमा छायांकन गरिएको कोमलको यो बर्षको तीजगीतमा उनका प्यारेको रुपमा देखिएका सुनिल कटुवाल नेपाली कला क्षेत्रमा परिचित नाम हो । थुप्रै टेलीचलचित्र र चलचित्रमा अभिनय गरेका सुनिललाई कोमल वलीको तिज गीतमा अभिनय गर्नुको कारण सोध्दा उनले भने-  ‘यो गीतले राम्रो सन्देश बोकेको र तिज नेपाली हिन्दु नारीहरुको महान् पर्व भएकाले आफुले अभिनय गर्नु सकारात्क पक्ष नै देखेकाले कोमल ओलीको जोडीको रुपमा यो गीतमा अभिनय गरेको हुँ ।’

पर्दामा कोमल वलीको प्यारेको रुपमा देखिएपनि वास्तविक जीवनमा कोमलले सुनिललाई भाई संबोधनमा नै बोलाउने गर्छिन् ।

 

प्रतिक्रिया