अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

‘रङ टाईम’का सहिन प्रजापती ‘भुईंमान्छे’बाट चलचित्रमा डेब्यु गर्दै

बिआरटीनेपाल २०७४ जेठ २८ गते ३:२१ मा प्रकाशित

युटूबमा चर्चित नेपाली सिरियल ‘रङ टाईम’का एक मुख्य कलाकार हुन् सहिन प्रजापती । ‘रङ टाईम’मा ’दाई’ को भूमिकामा देखिँदै आएका सहिन ‘रङ टाईम’का निर्देशक पनि हुन् । कथा पनि उनी आफैले लेख्छन् र आफै अभिनय पनि गर्छन् ।

नेपालकै पहिलो वेभ सिरिजका रुपमा नाम लेखाएको ‘रङ टाईम’ हिजोआजका युवा तथा किशोर किशोरीमाझ निकै लोकप्रिय छ । ‘रङ टाईम’को लोकप्रियतासँगै सहिन पनि चर्चामा छन् । एक दशक भन्दा लामो समयदेखि रंग क्षेत्रमा संघर्ष गर्दै आएका सहिन ‘रङ टाईम’ मार्फत राईट टाईममा आइपुगेका छन् । नेपाली चलचित्र क्षेत्रमा स्थापित हुनलाई ठुलो संघर्ष गरेका उनी अझै पनि धेरै संघर्ष गर्न बाँकी रहेको बताउँछन् ।

‘रङ टाईम’ले आफुलाई दर्शकहरुमाझ केहि चिनाए पनि संघर्षका धेरै खुट्किला चढ्न बाँकि रहेको सहिन बताउँछन् । संघर्षकै मैदानबाट अब सहिन अब चलचित्रमा डेब्यु गर्दैछन् । उनी चलचित्र ‘भुईंमान्छे’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् ।

भुईंमान्छे साउन २० गतदेखि देशभर रिलिज हुँदैछ । उसो त अभिनयको हिसावले उनको डेब्यु चलचित्र ’हिरोज’ हो । तर उक्त चलचित्र रिलिज भएको छैन् । अभिनेता रमेश बुढाथोकी र सिपोरा गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा सहिन पनि मुख्य भूमिकामा देखिनेछन् । ’भुईंमान्छे’को टिजरमा सहिन सिपोरासँग देखिएका छन् ।

 

 

 चलचित्रको टिजर

प्रतिक्रिया