अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

मेलिना र मविन्द्रको ‘तर्की तर्की’ सार्वजनिक (भिडियो सहित )

बिआरटीनेपाल २०७४ जेठ २२ गते ११:०० मा प्रकाशित

गायक मविन्द्र राई र गायिका मेलिना राईले तेस्रो पटक एकसाथ स्वर भरेको “तर्की तर्की” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मविन्द्र राईको शब्द–संगीत रहेको गीतमा मोहित मुनालको संगीत संयोजन रहेको तर्की तर्कीको भिडियोमा बरुण जंग लिम्बु र अनु राई फिचरिङ छन् ।

यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक भिडियोलाई सुल्तान ईदिङगोले निर्देशन गरेका हुन् भने क्यामेरा पनि उनले नै चलाएका हुन् ।

“यो माया हो”, “सेवारो नमस्ते” लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र सार्वजनिक “तर्की तर्की” बोलको गीतलाई दर्शक, स्रोताहरुले रुचाउनेमा विश्वस्त छन् । यसअघि मेलिना र मविन्द्रको आवाजमा रहेको “माया जालै” बोलको गीत चर्चामा थियो ।

 

प्रतिक्रिया