अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

भरतपुर घटनामा आयोगको निर्णय उपयुक्त छ – कानूनमन्त्री नायक

बिआरटीनेपाल २०७४ जेठ २२ गते १०:५३ मा प्रकाशित

कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय नै उपयुक्त भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकारप्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताएका हुन् ।

उनले एमालेले पनि आयोगको निर्णय स्वीकानुपर्ने धारणा राख्दै विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण भएकोले अहिले निर्वाचनमा पनि फेरी मतदान गर्दा कुनै शंका गर्न नहुँने र एमालेले गरेको विरोध अर्थहिन भएको दाबी गरेका छन् ।

मन्त्री नायकले आयोगले निर्णय गरी सकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र प्रधानमन्त्री चयन प्रक्रिया प्रभावीत बनाउन खोज्नु ठिक नभएको बताउनुका साथै आयोगले गरेको निर्णय सबैले मान्नै पर्ने बताउँदै भने- ‘एमालेले पनि नमान्ने भन्ने हुँदैन् यो बिषयमा एमालेको सोचमा परिवतन आउन जरुरी छ ।’

प्रतिपक्ष दल एमालेले यसरी नै संसद अबरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाई हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन समेत प्रभावित हुने मन्त्री नायकको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू