अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

ट्राफिक प्रहरी प्रमुखसंग समसामयिक जनगुनासाहरू बारे मानव अधिकार आयोगको ध्यानाकर्षण

बिआरटीनेपाल २०७४ जेठ २१ गते १४:१३ मा प्रकाशित

दुर्घटना जोखिमहरू कम गर्ने उद्देश्यले केही दिन यता ट्राफिक नियम लागू गर्ने सन्दर्भमा सिर्जना भएका पैदलयात्री तथा ट्राफिक प्रहरीहरू बीचको बढ्दो जनगुनासाहरू तथा उपत्यकाका केही स्थानमा ट्राफिक प्रहरीद्वारा नागरिकले खेप्नु परेको दुव्र्यवहार लगायतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालमा परेका उजुरी र आयोगले गरेको विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूको अनुगमनबाट अस्पताल जान हिंडेका विरामी व्यक्ति, परीक्षा दिन जान हिंडेका विद्यार्थी, बृद्धबृद्धा तथा सर्वसाधारणले ट्राफिक प्रहरीबाट दुव्र्यवहार समेत खेप्नु परेका तथ्यहरू प्राप्त हुन आएको सम्बन्धमा आयोगले आईतबार उपत्यकाका ट्राफिक व्यवस्थापन प्रमुख, डिआइजी मिङ्मार लामा तथा पदाधीकारीहरूसँग छलफल गरेको हो ।
छलफलका क्रममा ट्राफिक प्रहरीसँग प्रत्यक्षरूपमा सम्बन्धित समस्याहरूलाई तत्काल समाधान गर्नुपर्ने, सर्वसाधारणलाई प्रभाव पार्ने कुनैपनि नियम लागु गर्नुभन्दा पहिले पुर्वाधारको निर्माण हुनपर्ने, अस्पताल तथा विश्वविद्यालय क्षेत्रमा तत्काल जेब्रा क्रसिङ्गको निर्माण गरिनुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको दूरीमा जेब्रा क्रसिङ्गको व्यवस्था मिलाउनुपर्ने लगायतका विषयमा आयोगले सुझाव दिएको थियो ।

यसै सन्दर्भमा, आयोगले सर्वसाधारण नागरिक तथा पैदल यात्रीहरूको मर्यादा तथा सहजता समेतलाई दृष्टिगत आवश्यक व्यवस्था मिलाउन आयोग नेपाल सरकारका सम्बन्धित सबै निकायहरूलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू