अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

भूईँमान्छे टिजर रिलिज

बिआरटीनेपाल २०७४ जेठ २० गते १०:३५ मा प्रकाशित

पोस्टमार्टम गर्ने व्यक्तिको कथामा निर्माण भएको चलचित्र ‘भूईँमान्छे’को टिजर सार्वजनिक भएको छ । साउन २० गतदेखि प्रर्दशनमा आउने भूईँमान्छेको टिजरमा भलिबल खेलाडी सिपोरा गुरुङको एक्सन देखाइएको छ । जीवन्त अभिनय गर्ने अभिनेता रमेश बुढाथोकी चलचित्रमा पोस्टमार्टम गर्ने व्यक्तिको रूपमा देखिएका छन् । भूईंमान्छे को टिजरमा उनी अस्पतालमा राखिएका शवहरु काटकुट गर्दै गरेको देखिन्छन् । टिजरमा उनी कहिले शवको आन्द्रा काट्छन् त कहिले भुँडि सिलाउँछन् ।

नयाँ कथा र फरक शैलीमा बनेको चलचित्र भूईँमान्छलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् । निरुपा राज्यलक्ष्मी थापा र रोहिणी भट्टराईको लगानीमा निर्माण भएको चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरुङसँगै शहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, सानु ताम्राकार, नवीन श्रेष्ठ, आर्यान न्यौपाने, सौरभ ढकाललगायत अधिकांश रंगमञ्जका कलाकारको अभिनय छ ।

प्रतिक्रिया