अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

‘तिमीले बिर्सेनी’को म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ जेठ १४ गते १६:११ मा प्रकाशित

नव गायक राजन केसी र पूर्णकला बिसिको स्वरमा रहेको लोक दोहोरी गीत तिम्ले विर्सेनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी कुशल खत्रीको शब्द सृजना रहेको यस गीतमा चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठको संगित रहेको छ । नव गायक राजन केसी र सञ्चारकर्मी कुशल खत्रीको प्रस्तुति रहेको यस गीतलाई एक्टर नेपाल नेटवर्क प्रा.लिले बजारमा ल्याएको हो ।

मायालु जोडीको पिडालाई कथाको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । प्रेमिका र प्रेमि छुटिनु पर्दाको पिडालाई आकर्षक एंव मार्मिक ढंगबाट भिडियामा प्रस्तुत गरिएको छ । सार्वजनिक भएको भिडियोमा सञ्चारकर्मी कुशल खत्री र मोडल उषा सुवेदीको अभिनय रहेको छ । अमृत सुनुवारको छायांकनमा तयार भएको भिडियोलाई माधव वेल्वासेले सम्पादन गरेका हुन भने   भिडियोको निर्देशन युवा सञ्चारकर्मी मनोज थापाले गरेका छन् । थापा सञ्चारकर्म सगैं म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् ।

गीतकार समेत रहेका थापा रेस्पोन्सिभ मिडियाको प्रबन्ध निर्देशक तथा एक्टर नेपाल नेटवर्कका निर्देशक हुन । भिडियोलाई शिवपुरी टेलिभिजिनले निर्माण गरेको हो ।

प्रतिक्रिया