अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

बेसुर आइडलमा तक्मे बुढाको अनेक रुप (हेर्नुहोस् भिडियो)

बिआरटीनेपाल २०७४ जेठ ५ गते ५:२० मा प्रकाशित
नेपाल आइडल अहिले चर्चाको शिखरमा छ । यस्तै शिखरमा छ, विल्सन विक्रम राई (तक्मे बुढा)को बेसुर आइडल । राम्रो गीत गाउनेहरुका लागि नेपाल आइडल भइरहँदा गीत गाउन नजान्नेहरुका लागि तक्मेले बेसुर आइडल बनाएका हुन् ।
दर्शकलाई मनोरञ्जनको खुराकस्वरुप निर्माण गरिएको बेसुर आइडलमा हास्य कलाकार किरण केसी, सुरेन्द्र केसी र सुशिला निरौला निर्णायक छन् । बेसुर आइडल नाम दिइएको भिडियोमा उनी तक्मेसँगै मधेसी पात्र, तेश्रोलिंगीका रुपमा भिडियोमा देखिएका छन् । केहि दिन अघि अपलोड भएको यो भिडियो अहिले चर्चामा छ । तक्मेको यो कमेडी युट्युबको नेपाल ट्रेन्डिङमा छ ।
(हेर्नुहोस् तक्मे बुढाको बेसुर आइडल )

प्रतिक्रिया