अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

‘डि सिने अवार्ड’ यो बर्ष पनि मोफसलमा

बिआरटीनेपाल २०७४ जेठ १ गते ८:४० मा प्रकाशित

विगत नौं बर्ष यता नियमित रुपमा आयोजना हुदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार रुपमा काठमाण्डुमा आयोजना भएपछी गतबर्ष देखि मोफसलमा आयोजना हुन् लागेको अवार्ड यसपटक हेटौडामा आयोजना हुनेछ ।

सात बर्ष अगाडी डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना गरिएको यो अवार्डले डिजिटल प्रविधिको विकास संगै आफुलाई  पनि फैलाउँदै लगेको छ । गतबर्ष पोखरामा आयोजना भएर मोफसल पुगेको योअवार्ड यसपटक हेटौडामा भने असरमा आयोजना हुनेछ । अवार्डमा सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरिहरुबाट फिल्म हेर्ने कार्य पनि भैरहेको छ ।

डि सिने अवार्ड स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् ।
०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका छन् । अवार्डको नवौ बर्षको अवसरमा दर्ता शुल्क पनि रुपैया नौ सय मात्र राखिएको छ ।

‘हामीले अघिल्लो बर्ष देखि अवार्डलाई मोफसलमा लागिरहेका छौ र यसलाई निरन्तरता दिदै यसबर्ष पनि अवार्ड हेटौडामा गर्दैछौ । फिल्मलाई आन्तरिक रुपमै प्रवर्धन गर्ने उदेश्यले हामीले मोफसल तीर अवार्ड लगेका छौ । हामी घरमा बलियो भएपछी मात्र बाहिर जानु पर्छ भन्ने हाम्रो टीमको मान्यता हो । किनकी हाम्रो पहिलो प्राथमिकता घरेलु दर्शक नै हो ।'(शान्तिप्रिय – अवार्ड अध्यक्ष )

प्रतिक्रिया