अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

मौलिकता बोकेको ‘हाँसेर बोल’ लोकभाकामा स्रोता दर्शकको रोजाईमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख ३० गते २३:१२ मा प्रकाशित

गायक सन्तु थापा र गायीका निर्मला थापा मगरको लोकगीत ‘हाँसेर बोल’ बजारमा आएको छ । लोक गायक मिलन लामाको लय तथा शब्दमा तयार भएको मौलिक लोकभका ‘हाँसेर बोल’लाई रेसुङ्गा म्यूजिक प्रालीले बजारमा ल्याएको हो ।

ग्रामिण भेगमा प्रयोग हुने भाषा सहित तयार पारिएको गीतमा गायक सन्तु थापा, मिलन लामा र गायीका निर्मला थापा मगरको आवाज रहेको छ भने गीतमाथी म्युजिक भिडियो पनि बनेको छ । एकता फिल्म प्रा.ली.को पोष्ट प्रोडक्सनमा तयार भएको भिडियोलाई बब्लु थापाले निर्देशन गरेका हुन् ।

नेपाली मौलिकतालाई ध्यानमा राखेर तयार पारिएको भिडियोमा प्रयोग भएका भेषभुषाले पनि भिडियो कलात्मक बनेको छ । दर्शकको रोजाईमा रहेको हाँसेर बोलको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन प्रविण भट्टको सम्पादन रहेको छ ।

प्रतिक्रिया