अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

सेवामूर्ति ‘द लेडी विद द ल्याम्प’ फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्ती विश्वभर मनाईंदै

बिआरटीनेपाल २०७४ वैशाख २९ गते ३:११ मा प्रकाशित

आज मे १२ अर्थात नर्सिङ आन्दोलनकी जन्मदाता सेवामूर्ति फ्लोरेन्स नाइटिङ्गेलको जन्म भएको दिन । नाइटिङ्गेलको सम्झनामा संधैका बर्षहरुमा झैं यो बर्ष पनि विश्वभर उनको जन्मजयन्ती मनाईएको छ । १८२० मे १२ का दिन एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेल ति महान् सेविका हुन् जसले सम्बृद्ध परिवार र पाईरहेको सुख छोडेर घाईते र रोगीहरुको सेवामा आफुलाई आजिवन समर्पित गरिन् । परिवार भित्र विरोध हुँदाहुँदै पनि अभावग्रस्त मानिसहरूको सेवा गर्ने प्रतिज्ञामा १८४४ बाट आफुलाई पूर्णरुपमा समर्पित गरेकी नाइटिङ्गेलले आफन्त नभएर बेबारिसे अवस्थामा रहेका घाईते सिपाईहरुको उपचारमा खाष महत्पपूर्ण योगदान पुर्याईन् ।

ति घाईते बिरामीहरुमा उनले दिएको स्पर्श र ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो। बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन्। रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नाइटिङ्गेललाई ूद लेडी विद द ल्याम्पू ९बत्ती लिएकी केटी० का नामले पनि उनलाई बिश्वले चिन्दछ ।

युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर यिनी कहिले पनि विचलित भईनन् । सन् १८५९मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गरिन्। त्यो समय उनले नोट्स अन नर्सिङ पुस्तक पनि लेखिन्। जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन्।

सन् १८६९मा उनलाई महारानी भिक्टोरियाले रोयल रेड क्रस सम्मानबाट सम्मानित गरिन्। ९० वर्षको उमेरमा १३ अगस्त, १९१०मा उनको निधन भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू