अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

शिवकुमारको ‘हेल्लो हाई’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख २८ गते ४:५७ मा प्रकाशित

गायक शिवकुमार चौधरीको भावना एल्बममा समावेश रहेको “हेल्लो हाइ भन्नु केवल बोल्ने एउटा बहाना हो” बोलको गीतको म्युजिक भिडियो भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ । गीतकार प्रकाश सुवेदीको शब्द र कल्याण सिंहको संगीत रहेको उक्त गीतमा सामाजिक सञ्जाल या फोन मार्फत यूवा यूवतीहरु एक आपसमा आकर्षित हुने र अन्ततः प्रेम सम्बन्धमा गाँसिने कुरा गीतकार सुवेदीले आफ्नो गीतमार्फत अभिब्यक्त गर्न खोजेको छन् ।

नायिका बर्षा शिवाकोटी र शरद रोका (विन्टर) को अभिनय, उत्सव दाहालको छायाङ्कन, शुरेश राउतको सम्पादन रहेको उक्त गीतको भिडियो निर्देशन जीवन शाहीले गरेका हुन् भने प्रचार प्रसारको लागि एडुकेशन एण्ड माइग्रेसन कमरले सहयोग गरेको छ ।

प्रतिक्रिया