अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

नेपालको ईतिहासमाथी किन आपत्ती जनाउँछन् यि गणतान्त्रीक नेपालका सेन्सर बोर्ड नाईकेहरु ? – नायक सरोज खनाल

बिआरटीनेपाल २०७४ वैशाख २७ गते २२:१२ मा प्रकाशित

५० बर्ष पहिलेको नेपाली समाजको कथामाथी बनेको चलचित्र पंचायतका केही दृष्यहरुलाई सेन्सर बोर्डले रोक लगाउन खोजेपछि चलचित्रको मुख्य भुमिकामा रहेका नायक सरोज खनालले आक्रोश ब्यक्त गरेका गरेका छन् । पंचायतकालिन अवस्थाको यथार्थलाई उठान गरेको चलचित्र पंचायतमा देखाईएका स्व.राजा बिरेन्द्रका केहि झलकहरु र तत्कालीन राष्ट्रिय गान श्रीमान गम्भिर नेपालीलाई चलचित्रबाट हटाउनु पर्ने सेन्सर बोर्डको मागप्रति आपत्ती जनाउँदै नायक खनालले आक्रोश पोखेको हुन् ।

आफ्नो आधिकारीक फेसबुक पेजमा नायक सरोज खनालले लेखेका छन् -‘ के अब नेपालका ऐतिहासिक बिषयबस्तु माथि चलचित्र बनाउन नपाईने रु हैन भने स्वर्गीय ‘राजा बिरेन्द्र’ का केहि झलक र तात्कालिन राष्ट्रीय गीत ‘श्रीमान गम्भीर नेपाली’….. लाई नेपाली चलचित्रमा देखाउन किन रोक लगाउछन् यि गणतान्त्रीक नेपालको सेन्सर बोर्डका नाईकेहरु ?? के अब हामीले बिदेशी इतिहासमात्र हेर्नु पर्ने ??? पंचायत टिमको प्रश्न सम्पूर्ण नेपाली चलचित्रका आदरणीय दर्शक र शुभचिन्तकलाई ।

५० केहि समय अघि बिआरटी नेपाल डटकम संगको कुराकानीमा नायक खनालले  बागलुगं जिल्लाको ग्रामिण भेटमा तत्कालिन समयमा बोलिने भाषा, भेषभुसा र त्यो समयको नेपाली समाजको यथार्थकथा चलचित्र पंचायतले बोकेको बताएका थिए ।

ऐतिहासीक कथामाथी बनेको चलचित्रमा सेन्सरबोर्डको आपत्तीले यतिवेला दर्शकहरु समेत बिरोधमा छन् । उनिहरुले भनेका छन् -‘सेन्सरबोर्ड जस्तो संवेदनशिल संस्थामा राजनिति गर्ने नियतले बसेका ब्यक्तीहरु हुँदा राम्रा कुराहरुलाई ओझेलमा पार्ने काम भईरहेको छ ।’

आगामी फागुन १८ गते बाट देशभर प्रदर्शन गर्ने तयारिमा रहेको चलचित्र पंचायतमाथी सेन्सरबोर्डको यस्तो खाले अडानले नेपालमा ऐतिहासिक चलचित्र बनाउन सोच्नै पर्ने अवस्था खडा गरेको छ ।

प्रतिक्रिया