अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

जातेम्बा शेर्पाको ‘कर्म’मा मनको ब्यथा कोर्दै प्रमोद खरेल (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख २५ गते ७:१० मा प्रकाशित

प्रमोद खरेलको नयाँ गीत मेरो मनको व्याथा कोर्दै छु सार्वजनिक भएको छ । जातेम्बा शेर्पाको ‘कर्म’ एल्वम भित्र रहेको यो गीत युट्वमार्फत सार्वजनिक गरिएको हो ।

‘एल्वममा रहेका अन्य गीतको पनि भिडियोहरु ल्याउने तयारीमा छु, पहिलो ‘मेरो मनको व्यथा सार्वजनिक गरे’, जातेम्बाले भने ।

अस्मित लिम्बुको सङ्गीत र कर्म शेर्पाको शब्द रहेको ‘मेरो मनको व्यथा‘.’लाई अर्जुन खड्काले निर्देशन गरेका छन् । शंकर, पृथ्वी, आयुषलगायतका कलाकार र जातेम्ब र अस्मित आफैँले भिडियोमा अभिनय गरेका छन् । अस्मित लिम्बु पछिल्लो समयका राम्रा गायक पनि हुन् । उनले युवा पुस्ता माझ एक खालको चर्चा कमाएका छन् ।

यसलाई अमुल्य मिडिया क्रिएशनले बजारमा ल्याएको हो । ‘जातेम्बाको आफैँनै रियल स्टोरीलाई भिडियोमा समेटिएको छ’, अस्मितले जनाए । जातेम्बा यतिबेला इराकमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया