अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

गायिका प्रमिला तामाङको ‘लाहुरेको छोरी’ दर्शकको रोझाईमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख २४ गते ४:१७ मा प्रकाशित

गायिका प्रमिला तामाङको स्वरमा रहेको “लाहुरेकी छोरी” को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टिका भक्त जिरेलको शब्द रहेको गीतमा नारायण लामाको संगीत सुन्न सकिन्छ ।

गीतमा गायिका प्रमिला आफैले मोडलिङ गरेकी छिन् भने उनलाई नायक तथा मोडल दिक्पाल कार्कीले साथ दिएका छन् । भिडियोमा दिक्पाल प्रमिलालाई आफ्नो बनाउने दाऊमा हुन्छन् तर प्रमिलले उनलाई वास्तै गर्दिनन् । क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

युट्युबमा रिलिज गरिएको भएको छोटो समयमा नै “लाहुरेकी छोरी” लाई हेर्नेको संख्या साढे ४ लाख पुगिसकेको छ । युट्युबमा “लाहुरेकी छोरी” लाई दर्शक, स्रोताहरुले अत्याधिक मनपराएपछि गायिका प्रमिला चाँडै अर्को गीत पनि बजारमा ल्याउने तयारीमा छिन् ।

प्रतिक्रिया