अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

सायद- २ को जापान बिशेष प्रदर्शनी मे १४ मा

बिआरटीनेपाल २०७४ वैशाख २३ गते २:१२ मा प्रकाशित
सार ३० गते देखि देशभर देखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र “सायद २” ले यति बेला आफ्नो प्रचार प्रसार तीव्र पार्दै लगिरहेको छ । चलचित्रको देशमा मात्र नभएर बिदेशमा समेत राम्रो चर्चा भईरहेको छ । यसै बीच यहि आउदो मे १४ मा जापानको राजधानी टोकियोमा निर्माण पक्षेले बिशेष प्रदर्शनी अर्थात् ग्रयाण्ड प्रिमिएर शो को आयोजना गर्ने भएको छ । चलचित्रका निर्माता सुनिल रावलले दिएको जानकारी अनुसार उक्त बिशेष प्रदर्शनी शो को लागि सम्पूर्ण तयारी सकिसकेको छ ।
 
यसै गरि प्राप्त जानकारी अनुसार बहुप्रतिक्षित चलचित्र सायद २ को टोकियो स्थित नाकानो जिरो हलमा प्रिमिएर शो आयोजना गरिने छ । उक्त प्रिमिएर शो मा सहभागी हुनको लागि चलचित्रका निर्माता सुनिल रावल , प्रस्तोता दुर्गिश थापा , अभिनेता सुशील श्रेष्ठको साथमा पत्रकार श्याम अर्याल र सचित खड्का समेत मे १० मा जापान जाने कुरा तय भएको छ ।
 
नेपालको प्रदर्शनी अगावै जापानमा चलचित्रको बिशेष प्रदर्शनीको आयोजना गर्नुको पछाडी चाही दर्शकहरुको अत्याधिक माग नै रहेको अर्का निर्माता इश्वोर श्रेष्ठले बताएका छन् । यसै गरि चलचित्रले जापानमा आयोजित बिशेष शो प्रदर्शनीमा आउनुहुने सबैको मन जित्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् । यसका साथमा चलचित्रको जापान विशेष प्रर्दशन शो बाट संकलन भएको रकम मध्ये केही जापानमा नै रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीहरुको छात्रवृतिको लागि सहयोग प्रदान गरिने निर्माता इश्वोर श्रेष्ठले जानकारी दिएका छन् । यस्तै जापानमा आयोजना हुन लागेको उक्त बिशेष प्रदर्शनी शो मा उपस्थित हुनको लागि निर्माण पक्षेले सबैलाई हृदय देखि नै बिनम्र अनुरोध गरेको छ |
 
अधिकतम सफलता हासिल गरेको चलचित्र “सायद” को सिक्वेलको रुपमा निर्माण गरिएको चलचित्र “सायद २” ले अहिलेको युवा पुस्ताको ताजा कथा बोल्छ । यस्तै युवा पुस्ताको अहिलेको समस्या र समाधानको साथमा सबैलाई केहि गहकिलो संदेश समेत चलचित्रले प्रदान गर्ने निर्माण पक्षेको दाबी रहेको छ ।
 
दुर्गिश फिल्म्सको ब्यानरद्वारा निर्मित चलचित्रमा सुशिल श्रेष्ठ , श्यारोन श्रेष्ठ , अमृत ढुंगाना , सोभित बस्नेत , कुशल पाण्डे , सुनिल रावल , निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा सुनिल रावलको कथा , राजु विक्रम थापाको छायांकन , अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने सुनिल रावल , इश्वोर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् ।
प्रतिक्रिया