अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

गायक रामकृष्ण ढकालको ‘सारङीको तार’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख १९ गते ८:५५ मा प्रकाशित
लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीतको  म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निकै मार्मिक मन छुने ‘सारङीको तार’को गीतको भिडियो सार्वजनिक गरिएको हो  ।
भुवन शर्मा कंडेलको शब्द र  बिशाल ढकालले संगीत रहेको  ‘सारङीको तार’को बोलको  गीतमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ । चितवनको व्यसायमा आफ्नो छुट्टै स्थन बनाउन सफल युवा व्यवसायी धुर्ब केसीले यसै गीत मार्फत आफ्नो अभिनय यात्रा पनि सुरु गरेका छन् ।
यस गीतलाई दिपेन्द्र केसी  ले निर्देशन गरेका हुन् । नरेन्द्र  सिंह को छायांकन रहेको यस भिडियोलाई  चितवन र नवलपरासी आसपासमा छायांकन गरिएको हो ।निकै मार्मिक मन छुने यस गीतलाई दर्शक स्रोतले आफ्नो पहिलाको गीत हरु जस्तै मन पराउने विश्वास गायक रामकृष्ण ढकालको रहेको छ।

 

प्रतिक्रिया