अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

‘चिरिप्पै तानी कोदोको पानी फकाउँला सानीलाई’ (भिडियो)

बिआरटीनेपाल २०७४ वैशाख १७ गते १:५२ मा प्रकाशित

दर्जनौं हिट म्यूजिक भिडियोहरु पस्किसकेका निर्देशक रोजल थापाले गायकको रुपमा पनि आफ्नो परिचय थपेका छन् । हालैमा युट्युब मार्फत सार्वजनिक भएको “चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई” बोलको गीतमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ ।

क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मन पर्दैन् । यसैबीच क्रिस्टिना र दिव्यको प्रेममा अर्का मोडल अमृत शाही ठकुरीको ईन्ट्री हुन्छ । अन्ततः क्रिस्टिनालाई अमृतले आफ्नी प्रेमीका बनाउँछन् ।

लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी छ । रामेश्वर कार्कीले भिडियो खिचेका हुन् भने सम्पादन श्याम कुँवरले गरेका हुन् । गायक रोजल आफैले भिडियो निर्देशन गरेका हुन् ।

प्रतिक्रिया