अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

गायक केशव भट्टको ‘पिपलुको छायाँ’को म्यूजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ वैशाख १७ गते १:१४ मा प्रकाशित

गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पछिल्ले समयकी ब्यस्त अनि चर्चित मोडल तथा नायिका केकी अधिकारीको अभिनय रहेको छ ।

सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको भिडियोमा केकीलाई बिनोद न्यौपाने अभिनयमा साथ दिएका छन् । भिडियोले प्रेमील जोडीलाई सम्मान गर्दै उमेर पुगेका युवा युवतीले किशोरावस्थामा देखाउने हाउभाउ मार्फत प्रेम आर्कषण नभई सामिप्यता गाँस्ने एउटा माध्यम पनि हो भन्ने कुरालाई देखाउन खाजेको छ ।

भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । पछिल्लो समय सांगीतिक यात्रालाई विशेष समय दिएर लागी परेका गायक भट्टको को फूल जस्तै कोमल माया बोलको गीतले यसअघि राम्रो चर्चा बटुलेको थियो ।

प्रतिक्रिया