अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२
| Colorodo: 07:57
गायक कुलेन्द्र बिश्वकर्मा , सर्जक तथा गायक खेम सेन्चुरी र नव गायिका जानुका तामाङ्को आवाजमा रोहित मल्ल र आयुस अनु पुनको संयुक्त प्रस्तुति लोकदोहोरी गीत “दर्शन ढुंगा”बजारमा आएको छ । गीतमा पुरुस आवाज भित्र २/२ टुक्कामा फरक फरक आवाज सुन्न सकिन्छ । गीतमा लय रोहित मल्लको रहेको छ भने शब्द आयुस अनु पुनको रहेको छ ।
सर्जक तथा गायक खेम सेन्चुरीको आफ्नै कम्पनि सास्कृति म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतमा अभिनय चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र अनिता बुढाथोकीले गरेका छन भने म्यूजिक भिडियो निर्देशन कपिल लामाले गरेका हुन् । करण चैसिरको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।