अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

 बेलायतमा ‘लप्पन छप्पन’

बिआरटीनेपाल २०७४ वैशाख १५ गते ३:१४ मा प्रकाशित
गएको बर्षको चैत ११ गते रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ बेलायतमा प्रदर्शन हुने भएको छ । नेपालमा दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘लप्पन छप्पन’ ले घरेलू बजारबाट करोड ग्रस विजनेश गरेको थियो । अब क्रमश विभिन्न देशमा प्रदर्शन हुने तयारीमा रहेको ‘लप्पन छप्पन’ ले बेलायतबाट विदेश प्रदर्शन आरम्भ गर्न लागेको हो ।
३२ बक्स नामक एउटा समूहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन ‘लप्पन छप्पन’ प्रदर्शन गर्दैछ । ६ सय ८० जना सिट क्षमता भएको प्रिन्सेल हल बेलायतबासी नेपालीमाझ निकै चर्चित छ । हलीउड सिनेमाहरुमात्र रिलिज हुने हलमा नेपाली चलचित्र ‘लप्पन छप्पन’ रिलिज हुन लाग्दा बेलायतमा बस्ने नेपालीहरुले खुसी महशुस गरेका आयोजकमध्ये एक एलबीजेड गुरुङले जानकारी दिए । उनले बेलायतमा नेपाली चलचित्र प्रवद्र्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको बताए ।
फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी छ । ३२ बक्स समूहमा एलबीजेड गुरुङ, दिपेश राई, प्रशान्त थापा, अभ्या कोइराला र ज्ञान गुरुङ छन् । सोही समूहमा आवद्ध युवाहरुले इन्फाका तर्फबाट यसअघि ‘गाजलु’, ‘पुरानो डुंगा’ जस्ता फिल्म बेलायतको सिने वल्ड र भ्यू हलमा देखाएका थिए ।
प्रतिक्रिया