अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

गायिका मालिती खरेलको ‘मुटुका आगो’मा गम्भिर विष्ट र पार्वती राईकोे रोमान्स (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख १५ गते ३:०९ मा प्रकाशित

गायिका मालिती खरेल पछिल्लो समय मुटुमा आगो बोलको गीतका कारण चर्चामा छिन् । खुमन अधिकारी र गायिका खरेलले गाएको गीतलाई नयाँ शैलीमा नृत्य निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने चर्चित कोरियोग्राफर गम्भिर विष्ट र पार्वती राईको अभिनय रहेको छ ।

फिल्मी शैलीमा छायांकन गरिएको मालतीको मुटुमा आगो बोलको गीतका शब्द शृजना जेके अधिकारी झलेन्द्रले गरेका हुन् । जसमा खुमन र झलेन्द्रको लय रहेको छ ।
भिडियोलाई राजेश घिमिरले छायांन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेको भिडियोले प्रेममा परेका एक जोडीको कथालाई जीवन्त शैलीमा भिडियोमा उतारिएको छ ।

प्रतिक्रिया