अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

रहेनन् बलिउड अभिनेता विनोद खन्ना !

बिआरटीनेपाल २०७४ वैशाख १४ गते ३:५४ मा प्रकाशित

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ ।मुम्बईको हस्पितलमा उपचारका क्रममा रहेको बेला उनको निधन भएको हो ।

बलिउडमा अमिताभ बच्चानसँग छोटो समयमा अयिन गरेर पनि निकै चर्चित र उत्कृष्ट कलकाकारकारुपमा चर्चित खन्नाकले सन् १९७५ मा चलचित्रबाट सन्यास लिएका थिए । पछि ‘एक थी रानी’ र २०१५ मा शाहरुख खान अभिनित चलचित्र ‘दिलवाले’ मा पनि उनले अभिनय गरेका थिए । त्यसपछि उनी ओशो रजनीशका अनुयायी बनेर उनीसँगै अमेरिका बसोबास गरेका थिए ।

केही समय अघि खन्ना क्यान्सरबाट पीीडत भएको तस्वीर सार्वजनिक भएको थियो ।खन्नाले ‘मनका मीत’ बाट अभिनय यात्रा शुरु गरेका थिए । सुरुवातमा खलनायकको भूमिकामा रहेका खन्ना ‘मेरा गाँव मेरा देश’ बाट पनि चर्चित स्टार बने ।उनले अहिलेसम्म १२१ वटा बलिउड चलचित्रमा अभिनय गरी विभिन्न अवार्ड पनि जितिसकेका छन् । अभिनेता विनोद खन्ना गुरुदासपुरबाट सांसद समेत थिए ।

उनको निधनमा विभिन्न सञ्चारमाध्यमदेखि, बलिउडका कलाकार तथा क्रिकेट खेलाडीसम्मले दुःख व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया