अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

गायक महेश मुखियाको ‘सिउरेनी वनमा’को छायाँकन सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख ११ गते १०:४५ मा प्रकाशित

गायक महेश मुखियाको आवाज रहेको सिउरेनी वनमा बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गायक महेश मुखियाकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन तथा निर्देशन गरेका हुन् ।

लोक लयमा आधारित कमेडी फ्लेवरको उक्त भिडियोमा नायिका अनु शाह, महेश मुखिया, हर्क राज घलान लगायतको अभिनय रहेको छ । भिडियो छिट्टै सार्वजनिक गरिने जानकारी निर्माण युनिटले गराएको छ । भिडियोको सम्पादन माधव बेल्वासेले गरेका छन् ।

प्रतिक्रिया