अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख ११ गते ९:२० मा प्रकाशित

भक्तपुरको सिपाडोलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सूर्यबिनायक नगरपालिकाको आर्थिक सहयोगमा विष्णुनारायण महिला सामुदायिक संस्थाको आयोजना शिविर सम्पन्न भएको हो ।

शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा र नर्भिक अस्पताल काठमाडौंका हाडजोर्नी, नशा तथा पाईल्स रोगसँग सम्बन्धित विशेषज्ञ तथा चिकित्सकहरुबाट बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सिपाडोल स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरबाट ३०० स्थानीय बासिन्दाले सेवा लिएका छन् । शिविरमा बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू