अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

 सस्पेन्स र थ्रिलमा आधारित ब्ल्याक डायरी बैशाख २२ बाट

बिआरटीनेपाल २०७३ चैत ३१ गते ६:२३ मा प्रकाशित
क्याटभिजन प्रोडक्सन् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ब्ल्याक डायरी नयाँ बर्ष बैशाख २२ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन गइरहेको छ । फरक खाले विषय सहित दर्शक माझ आउने तयारीमा रहेको यस चलचित्रमा बाइक स्टण्डको पाटो अत्यन्तै उल्लेखनिय र रोमान्चक रहेकोले आम दर्शकहरुले यो चलचित्र मन पराइ दिनेमा निर्माण पक्ष ढुक्क छन् ।
युवा पिंिढंका बाइकर्स युवाहरुको कथामा आधारित रहेर निर्माण गरिएको यस चलचित्रमा दर्शकहरुले थ्रिल र रोमान्च प्रसस्त मात्रामा पाउनु हुनेछ । बाइक स्टण्डका युवा–पुस्ता र नेपाली सिनेमाको पुराना पुस्ताका सदाबहार नायक भुवन के सी लगायतका कलाकारहरु समाबेश गरी निर्माण गरिएको चलचित्र ब्ल्याक डायरी सस्पेन्स र थ्रिलमा आधारित चलचित्र हो ।
पत्रकार सबिन शाक्यको प्रस्तुती रहेको चलचित्र ब्ल्याक डायरीमा भुवन केसी, रमेश सिंह, पुजा भट्ट, बबिता घिमिरे, पवन कार्की, अभय कुँवर, रोमा भण्डारी, अञ्जु महर्जन लगायतका कलाकारहरु रहेका छन् । चलचित्रलाई निर्देशन सुजन घिमिरेले गरेका हुन् भने निर्माण अनोज अधिकारीको रहेको छ ।
प्रतिक्रिया