अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

‘मिस नेपाल-२०१७’ को कलेज एक्टिभेशन धरान र इटहरीमा

बिआरटीनेपाल २०७३ चैत २८ गते ५:३१ मा प्रकाशित

हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको मिस नेपालको नया संस्करणको लागि उत्कृष्ट प्रतियोगीहरु खोज्दै बिभिन्न सहरहरुमा अडिसन लिने क्रममा आउदो चैत्र २९ गते धरानको होटल नवयुगमा अडिसन राखिएको छ ।

अडिसन अघि आइतबार इटहरीको नमुना कलेज र कस्तुरी एकेडेमी र सोमबार धरानको धरान मोडल कलेज र धरान सिटी कलेजमा मिस नेपालको अफिसियल कोरियोग्राफर रचना गुरुङ शर्माले सहायक कोरियोग्राफर तथा जेरी अभिनेत्री अमालिया शर्मा र मिस पुर्वान्चल फर्स्ट रनर अप इक्सा मादेन सहितकोटिमसंग मिस नेपालमा किन भिड्ने र केका लागि भिड्ने भन्ने बारेमा जानकारी दिंदै यसको महत्वको बारेमा बताएका थिए । साथै विद्यार्थीहरुको जिज्ञाशाको उत्तर दिंदै शर्माले मिस नेपालमा भिडेर ६ हफ्ताको लामो प्रशिक्षणबाट सबैजना आफ्नो समाजको मिस नेपाल बन्न सक्ने बताईन् ।

धरानको कलेजमा मिस्टर एंड मिस फेसिनो प्रतियोगिता समेत आयोजना गरिएको थियो । जस अन्तर्गत यामाहा फेसिनो स्कुटीमा बसेर फोटो खिच्ने हरेक कलेजका प्रतियोगीहरु मध्ये दुइजनालाई यामाहा फेसिनो स्कुटीको खरिदमा ५० हजार छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया