अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

बलिउड अभिनेता बिनोद खन्नाको पछिल्लो तस्विर भाईरल बनेसंगै उनको निधनको हल्ला फैलियो

बिआरटीनेपाल २०७३ चैत २६ गते २१:४३ मा प्रकाशित

भारतिय सिने जगतका चर्चित अभिनेता बिनोद खन्नाको पछिल्लो तस्विर सामाजिक सञ्जालमा भाईरल भै रहेको छ । सन् १९४६ अक्टुबरका दिन माता कमला र पिता किशनचन्द खन्नाका सन्तानको रुपमा पाकिस्तानको पेशावरमा जन्मेका बिनोद खन्नाको पछिल्लो तस्विर जसमा उनि  आफ्नी श्रीमती र छोराको साथमा देखिएका छन् । अत्यन्त बिरामी र बिश्वास नै गर्न गाह्रो पर्ने अनुहार र शरिरमा देखिएको सो तस्विरले  उनका प्रसंशक मात्र होईन बलिउड सिने नगरी र भारतिय सञ्चार माध्यम समेत आश्चर्यमा परेका हुन् ।


७१ बर्षको बर्षीय अभिनेता खन्ना क्यान्सर रोगको सिकार भएको खवर पनि यहि तस्बीर संगै सार्वजनिक भएपछि यति बेला उनि चर्चामा छन् । अस्पतालमा उपचार गराईरहेका उनको स्वाीथ्यमा सुधार आईरहेको बताईए पनि शनिवार उनको निधन भएको भ्रामक समाचार पनि आएका थिए ।

सेक्सी सन्यासीका नामले समेत चिनेने बिनोद खन्ना जन्मेको १ बर्ष पछि उनको परिवार ब्यापारको शिलशिलामा मुम्बई आएपछि उनले पनि पेशावर छोडे । नासिकको एक बोडिगं स्कुलबाट स्कुले जीवन पार गरेका अभिनेता खन्नाले सिद्धेहम कलेजबाट कमर्समा ग्रयाजुयसन गरेका थिए । बिनोद खन्नाले सन् १९६८ मा प्रदर्शन भएको चलचित्र मनका मितबाट बलिउड प्रवेश गरेका हुन् । जसमा उनि खलनायकको भुमिकामा थिए । त्यसपछि मात्र उनि सन् १९७१ मा बनेको फिल्म हम तुम और व नायकका रुपमा आएका थिए । त्यसपछिको उनको अभिनय यात्रा लामो समय सम्म चल्यो ।

वलिउड चलचित्रमा सुपरस्टार अभिनेता खन्ना राजनितिमा पनि सक्रिय रहे । सन् १९९७ र १९९९ मा दुईपटक पंजाबको गुरदासपुर क्षेत्रबाट भारतिय जनता पार्टीबाट सांसद बनेका खन्ना सन् २००२ मा संस्कृति तथा पर्यटनका केन्द्रीय मन्त्री समेत रहेका थिए भने त्यसकै ६ महिना पछि बिदेश मामिला मन्त्रालयका तर्फवाट राज्य मन्त्री समेत रहेका थिए ।

विनोद एक अघिल्लो बर्ष रिलिज भएको फिल्म ‘दिलवाले’मा देखिएका थिए, जसमा उनको स्वास्थ्य निक्कै राम्रो देखिन्थ्यो ।

प्रतिक्रिया