अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

‘लिटिल स्टार २०१७’का ७२ प्रतियोगी प्रशिक्षणमा

बिआरटीनेपाल २०७३ चैत २४ गते ७:३४ मा प्रकाशित

एनोवेसन इवेन्ट म्यानेजमेन्टको आयोजना र सोविज मिडिया ग्रुपको सहकार्य रहेको बालबालीकाको प्रतिभा निखार्ने सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार २०१७’का ७२ प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । दरबार मार्ग स्थित सि डब्लु रेष्टुरेन्टमा उनीहरुले गत शनिबारबाट नियमित प्रशिक्षण थालेका हुन् । संगीत, गायन, नृत्य, ब्याक्तित्व बिकाश, सामाजिक उत्तर दायत्व, बाल अधिकार, अनुसासन लगायत बिषयमा उनीहरुले प्रशिक्षण लिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका अध्यक्ष महेश केसीले बताए ।

तीन सातासम्म चल्ने प्रशिक्षणमा अभिनेता जीवन गिरी, यसराज गराचन लगायतका बिभिन्न नाम चलेका प्रशिक्षले प्रतियोगीको प्रतिभा निखार्ने छन् ।

बालबालीकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उदेश्यले प्रतियोगतिा आयोजना गर्न लागिएको कार्यक्रम ब्याबस्थापक सोविज मिडिया ग्रुपका प्रवल गौतमले बताए ।

७ देखि १४ बर्षसम्मका बालबालीकाको सहभागीता रहेको प्रतियोगीतामा उमेर समुह अनुसार ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरी तीन शिर्ष विजेता छानिने छन् ।

गिता पुरी, रस्मिना भट्टराई र रन्धिर शाह समेतको बिषेश भुमिका रहेको प्रतियोगीताको बिजेताले ट्रफी सहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र लगायत बिभिन्न अवसर जिन्त सक्नेछन् ।

बिभिन्न २० उप शिर्षकमा समेत बिजेता छानिने प्रतियोगीताको फाइनल नयाँ बर्षको बैशाख पहिलो साता राजधानीमा हुनेछ । प्रतियोगीताको कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् ।

प्रतिक्रिया