अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

राजेश पायलले यसरी नचाए नाइजेरियाबासीलाई

बिआरटीनेपाल २०७३ चैत २१ गते ११:२९ मा प्रकाशित

पहिलोे पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुति दिन पुगेका गायक राजेश पायल राईले नाईजेरियाबासी नेपालीलाई अप्रील १ का दिन भरपुर मनोरञ्जन दिलाए । एनआरएनए नाइजेरियाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन नाईजेरिया पुगेका गायक राईले ३ घण्टा लामो आफ्नो प्रस्तुतीमा दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका हुन् ।

राजेसको दर्शन नमस्ते, दिक्तेल बजार, नाई न भन्नू ल, तिमीले बाटो फेरौ अरे, नौजाले मायाले, शिरै फुल शिरबन्दी ,धरान धनकुटा भेडेटार लगायत दर्जनौ गीतले माहैललाई तताएको थियो । उपस्थिीतहरु उनको प्रस्तुतिमा संगै गाउने र नाच्ने गरेका दृश्यले पनि कार्यक्रममा रौनक थपेको थियो । कार्यक्रममा राजेशले स्थानीय गायिका अन्जु पौडेलसँग सागर सरी चोखो माया भन्ने गीत पनि गाएका थिए ।

राईले आफूले प्रथम पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुति दिन पाएकोमा एनआरएनए र अफ्रिकाका नेपालीहरू प्रति आभार व्यक्त गरे । कार्यक्रममा लेगोसस्थित अमेरिकी नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीले यो कार्यक्रमले मलाई नेपाल र नेपाली सङ्गीत प्रति लोभाएको र यस पछिको आफ्नो कुटनैतिक मिसनमा नेपाल जाने बताए ।

त्यसै कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले नेपाली संस्कृतिलाई एनआरएनहरुले विश्वका हरेक कुनाहरुमा फैलाइरहेको र अफ्रिकामा पनि यो क्रमले गति लिन थालेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की, भारतीय दूतावासका अधिकारी सन्दीप पाल, एनआरएनएका आइसिसी सदस्य चिरन्जिबी रोका, एनआरएनए नाइजेरियाका अध्यक्ष जनक बिस्ट, सचिव रोशन थापा, सदस्यहरू विश्वास पौडेल र रोहित भाङ्गर, भोजपुरी समाज नाइजेरियाका जिबेश मिश्रा लगाएतले बोलेका थिए । त्यसै गरी स्थनिय नाइजेरियन कलाकारहरूले आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय नेपालीका तर्फबाट अन्जु पौडेल र सुहिम थापाले आफ्ना गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया