अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा प्रमोद खरेलको ‘लाईदेउ न मायाले’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ चैत १८ गते १०:०६ मा प्रकाशित

थुप्रै म्युजिक भिडियो तथा चलचित्र समेत निर्देशन गरिसकेका सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा बनेको ‘लाईदेउ न मायाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतकार डिपी खनालको शब्द, राजनराज शिवाकोटीको संगीत र प्रमोद खरेलको आवाजमा रहेको रहेको ‘लाईदेउ न मायाले’ माथी बनेको भिडियो भर्खरै गायक खरेलकै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।


स्वदेश तथा विदेशका स्टेजमा प्रस्तुत हु“दै हजारौं दर्शकको मन जितेर स्टेज किङकै रुपमा चिनिन थालेका लोकप्रिय गायक प्रमोद खरेल एउटा नया“ डान्सिङ नम्बर गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । हरेक शैलीका गीतमा उत्तिकै अब्बलता भएका गायक खरेलको यो गीतको भिडियो निकै खर्चिलो बजेटमा तयार पारिएको हो ।

दिक्षा क्रिएसनले निर्माण गरेको यो भिडियो नृत्यपरक रहेको छ । भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै उनी डिजेको भूमिकामा समेत देखिएका छन् ।

खरेल संगै भिडियोको आकर्षक बनेकी अभिनेत्री प्रियंका कार्की यो भिडियोमा निकै हट देखिएकी छिन् । भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा अभिनय गरेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै अभिनेत्री कार्कीले आफु गायक प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा सधैं उत्साहित हुने धारणा व्यक्त गरिन् ।

अघिल्लो साता दरबारमार्ग स्थित नेपालकै सबैभन्दा ठूलो क्लब ‘डेजा भू’ मा छायांकन गरिएको भिडियोमा गायक खरेल स्वयं अभिनेताको रुपमा प्रस्तुत भएकाले पनि उनका प्रशंशक तथा श्रोता दर्शकले भिडियोलाई उत्साहका रुपमा हेरिरहेका छन् ।

गायक खरेल करिव नौ महिनापछि नया“ भिडियोमार्फत दर्शकमाझ झुल्किएका हुन् । भिडियोमा डिआईडी फेम सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादक हुन् ।

यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेलले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियोमा अहिलेकी नम्बर वान नायिका प्रियंका कार्कीको साथले पनि भिडियो सबै पक्षबाट उत्कृष्ट बनेको देखिन्छ । । यसअघि झुम्कावाली…गीतमा पनि गायक खरेललाई प्रियंकाले साथ दिएकी थिइन् ।

प्रतिक्रिया