अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

रत्नराज्य क्याम्पसमा अनेरास्ववियूको प्यानल निर्वाचित

बिआरटीनेपाल २०७३ चैत १५ गते २२:४२ मा प्रकाशित

कठमाडौँ, चैत १६ गते । रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ । मङ्गलवार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत हरि पराजुलीले जानकारी गराउनुभयो । शाहीसहित सचिव, कोषाध्यक्ष र ८ सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घका उत्तमवहादुर साउदले ३६७ मत प्राप्त गर्नु भएको छ । सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटा तथा अन्य ८ सदस्य निर्वाचित हुनु भएको छ । सदस्यहरूमा मदन भण्डारी, दीपक खतिवडा, उज्वल न्यौपाने, जनक शाही, दिनेश बजगाँई, श्याम विक, सुजिता ढकाल र उर्वर सिंह रहेका छन् । उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत समानुपातिक पदाधिकारी निर्वाचनमा आएको मतको आधारमा पछि चयन गरिने निर्वाचन अधिकृत पराजुलीले जानकारी गराउनुभयो ।

मङ्गलवार भएको निर्वाचनमा एकहजार २७६ विद्यार्थीले मतदान गरेका थिए । दुईपटक स्थगित भएको निर्वाचन सर्वोच्च अदालतले चैत २ गते निर्वाचन गर्न अन्तरिम आदेश दिए पछि मङ्गलवार निर्वाचन भएको हो । निर्वाचन प्रक्रियामा अनेरास्ववियु (क्रान्तिकारी) सहभागी भएको थिएन । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू