अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

प्रतिभावान कलाकार जन्माउने उद्धेश्यमा ‘नेशनल एक्टिङ कम्पिटिसन’

बिआरटीनेपाल २०७३ चैत १३ गते ५:०९ मा प्रकाशित

अभिनेता दयाहाङ, अनुप बराल र अभिनेत्री ऋचा शर्माले अभिनयमा होनहार प्रतिभाको खोजी गरिरहेका छन् । नेपाली कलाक्षेत्रका हिट यी तीन कलाकारले देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ मार्फत अभिनयमा प्रतिभा खोजिरहेका हुन् । अर्थात ‘नेशनल एक्टिङ कम्पिटिसन’मा जर्जको भुमिका यी कलाकारले निर्बाह गरिरहेका छन् । 

इमेज च्यानलबाट गत ५ फागुन देखि हरेक बिहीबार बेलुका ८:२० बजे प्रसार हुँदै आएको यो कार्यक्रम अहिले दर्शकको रोजाइमा पर्न सफल भएको छ ।

कलाक्षेत्रमा प्रतिभावान कलाकार जन्माउने उदेश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन’ सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

आठ हजार प्रतियोगी मध्यबाट बिभिन्न चरण पार गर्दै छानिएका उत्कृष्ट ४५ प्रतियोगी बीच अहिले शिर्ष उपाधिका लागि प्रतिस्पर्धा चलिरहेको छ । आउँदो बैशाख ३१ गते राजधानीमा एकभब्य कार्यक्रम बीच हुने अन्तिम प्रतियोगीताको बिजेताले दुई लाख पचास हजार बराबरको पुरस्कारका साथै बिभिन्न अवसरहरु प्राप्त गर्न सक्नेछन् ।

प्रतियोगीतामा टप २५, टप १५, टप ८ हुँदै विजयी छानिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । अडिसनबाट छानिएका प्रतिस्पर्धिहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्के लगायतले प्रशिक्षण दिनेछन् ।

प्रतियोगीताले नव प्रवेशीको प्रतिभा निखार्ने अभिनयमा अगाडि आउन हौसला प्रदान गर्ने अभिनेता दयाहाङ राइले बताए ।

त्यस्तै प्रतियोगीताले अभिनय प्रति आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्दै अभिनयमा अगाडि आउन मद्दत पुर्याउने अभिनेत्री ऋचा शर्माको भनाई छ  भने अभिनयमा भबिस्य खोज्न चाहनेका लागि प्रतियोगीता उपयुक्ट प्लेटफम भएको कलाकार अनुप बराले बताए का छन् ।

प्रतिक्रिया