अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

हर्के हल्दारकी पारु अब निर्देशक

बिआरटीनेपाल २०७३ चैत १२ गते ११:०० मा प्रकाशित

हर्के हल्दार टेलिश्रृंखलामा ‘पारु’को भूमिकामा चर्चा पाएकी दीपिका भट्ट खासमा गीतकार हुन् । कलाकारको छविले चिनिदैं गर्दा पनि उनको गीतकार बन्ने श्रृंखला जारी छ । यहि क्रममा उनले एकाएक म्यूजिक भिडियोको निर्देशन पनि गरेकी छिन् । उनले निर्देशन गरेको, आफ्नै रचनाको, अझ आफैंले अभिनय समेत गरेको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘न त चाहेको पाउँछ यो दुनियाँमा…’ बोलको यो गीतलाई उनले पहिलो पटक निर्देशन गरेकी हुन् ।

हिमाल सागरको संगीत तथा स्वर रहेको न त चाहेको पाउँछ यो दुनियाँमा… बोलको यस गीतमा उनका अलावा संजीव कटुवाल तथा मुकेश ज्यापुले पनि यस गीतमा अभिनय गरेका छन् । गीतका सम्पादक कुशल शर्मा हुन् भने छाँयाकार रामकुमार के.सी हुन् । आफ्नो गीतको सन्दर्भमा दीपिकाको भने यो तेश्रो गीत हो ।

निर्देशक दीपिकाले आफूलाई अभिनय भन्दा पनि निर्देशन एवं शब्द रचनामा रुची भएको बताइन् । महिला निर्देशक कम छन् यिनले चुनौती स्वीकारेर आफु निर्देशनमा आएको बताइन् । आफ्नो गीत रचना जारी रहने र निर्देशनलाई पनि निरन्तरता दिइने उनले बताइन् ।

प्रतिक्रिया