अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

थानेश्वर गौतमको “रोएरै मेटिने भए” (भिडियो)

बिआरटीनेपाल २०७३ चैत ११ गते १०:३६ मा प्रकाशित

“छमछमती पाउजुहरु”, “स्याङ्गजा गएँ पाल्पा गएँ”, “गाजल लगाइन छौ”, “सिन्दूर लाउने हौली माया” लगायतका चर्चित गीतका गायक थानेश्वर गौतमको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । “रोएरै मेटिने भए” बोलको गीतमा थानेश्वर गौतमको स्वर, कमल प्रसाद खरेलको शब्द र कृष्ण पुनको एरेञ्ज रहेको छ । सार्वजनिक भिडियोमा नारायण, कृस्टिना र सुमितको अभिनय छ । रोजल थापाले निर्देशन गरेको भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन ।

श्रीमान् र श्रीमतीको खुसीयाली जीवनमा कुनै व्यक्ति भिलेन बनेर आउँदा कसरी एउटा परिवार उजाडिन्छ भन्ने कथा म्युजिक भिडियोले पेस गरेको छ । गीतलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक थानेश्वर गौतम र निर्देशक रोजल थापा विश्वस्त छन् ।

प्रतिक्रिया