अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नर्भिकको निःशुल्क आकस्मिक चिकित्सा क्लिनिक समुद्घाटित

बिआरटीनेपाल २०७३ चैत ११ गते १०:१८ मा प्रकाशित

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्थापित निःशुल्क आकस्मिक स्वास्थ्योपचार क्लिनिकको आज बिहान समुद्घाटन गरेको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य र विमानस्थलस्थित नागरिक उड्ड्यन कार्यालय, नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक देवानन्द प्रसाद उपाध्यायले संयुक्त रूपमा रिवन काटी उक्त कक्षको उद्घाटन गरेका हुन् ।

स्मरणीय के छ भने, नर्भिक इन्टरनेशनल हस्पिटले यस अघि नेपाल पर्यटन वर्षको अवसर पारेर सन् २०११ मै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको निःशुल्क आकस्मिक एवम् प्राथमिक उपचारका लागि सु–सज्जित निःशुल्क आकस्मिक चिकित्सा सेवा कक्ष सञ्चालनमा ल्याएको थियो । उक्त कक्षको सञ्चालनमा ६ वर्ष भन्दा बढी समयको अनुभव बटुलेको नर्भिकले हाल आन्तरिक हवाई यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै आन्तरिक टर्मिनल भवनमा समेत त्यसखाले सुविधा पु¥याउन लागेका हो ।

आजै समुद्घाटित उक्त निःशुल्क आकस्मिक क्लिनिक मार्फत् नर्भिकले आन्तरिक हवाई यात्रीहरूमा आइपर्न सक्ने कुनै पनि आकस्मिक चिकित्सा आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य लिएको छ ।

उक्त निःशुल्क आकस्मिक चिकित्सा कक्षबाट यात्रुहरूले बिहानदेखि साँझसम्म ड्युटीमा रहने चिकित्सक, नर्सिङ्ग स्टाफ र प्यारामेडिकको सेवा प्राप्त गर्नुका साथै सबै खाले प्राथमिक उपचार प्राप्त गर्नेछन् । साथमा क्लिनिकले निबुलाइजेसन, इ.सी.जी. सेवा, रक्तचाप मापन यन्त्र, जीवनदायी सङ्केतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, प्राणवायुको मात्रा संतृप्ति (Oxygen Saturation), ट्रली शय्या र आवश्यक पर्दा वा आकस्मिक अवस्थामा भेन्टिलेटको सेवा/सुविधा समेत प्राप्त गर्नेछन् ।

माथि उल्लेख गरिएका सेवाका अतिरिक्त उक्त क्लिनिक नजिकै सुसज्जित मोबाइल सी.सी.यु. (अति विशिष्ट एम्बुलेन्स) को सेवा उपलब्ध हुनेछ । उक्त एम्बुलेन्समा जीवनरक्षाका सबै अत्यावश्यकीय उपकरणहरू जस्तैः पोर्टेबल भेन्टिलेटर, डेफिव्रिलेटर, सक्सन मेसिन, मनिटर, अक्सिजन, इ.सी.जी. मेसिन, जीवनदायी सबै औषधिहरू र चिकित्सकको सेवा उपलब्ध हुनेछ ।

अत्याधुनिक सुविधासम्पन्न उक्त मोबाइल सी.सी.यु. (अत्याधुनिक एम्बुलेन्स) बिहानेदेखि साँझसम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू